पश्चिम बंगाल आशा कर्मी युनियनको सांकेतिक आन्दोलनलाई टेवा पुर्याउदै गोरुबथान खण्डका आशा कर्मीहरु

गोरुबथान: पश्चिम बङ्गाल आशा कर्मी युनियनले १ मार्चदेखि विभिन्न मांगहरु लिएर सांकेतिक आन्दोलनमा उत्रिएका छन्। आशा कर्मीहरु गत १ मार्चदेखि आफ्नो सेवा ठप्प गरेर विरोध गरिरहेका छन्। आफुहरुले काम गरेको तर त्यसको सही दाम नपाएको गुनासो उनीहरुको रहेको छ।हालमा काम गरेवापत आशा कर्मीले केवल ४५००/-(पैतालिस सय रुपियाँ)मात्र पाइरहेका छन्। वर्तमान समयमा महँगाई बचेर आकाश छोइरहेको बेला आफुहरुले यति कम रुपियाँमा परिवार धान्न धौ धौ परेको बताए।यस पटकको राज्यको बजट सेसनमा आशा कर्मीहरुले आफुहरुको आंगमा न्यानो घाम लाग्ने ठुलो आशा साँचेको तर बजेटमा आशाले निराशा भोग्नु बाध्य भएको बताउँदै सारा पश्चिम बंगालमा आासा कर्मी युनियनले आफुहरु काममा नगएर सांकेतिक विरोध जनाएका छन्। आज कालिम्पोङ ब्लक ३ गोरुबथान खण्डका सम्पूर्ण आशा कर्मीहरु सोमबारे बजार नजिक धर्मशाला परिसरमा भेला भएर एक प्रेस भेला डाकेका थिए। यसै प्रेस भेलामा उपस्थित भएका आशा कर्मीहरु यसो भन्छन्।

About Author

Advertisement