पश्चिम बंगालमा डेङ्गू बढ्दै, चारको मृत्यु, ३५०० संक्रमित

IMG-20230410-WA0169-11-300x172-16

कोलकाताः पश्चिम बंगाल वर्षा र डेङ्गूले बेहाल छ। राज्यमा ३५०० जना डेङ्गूको चपेटमा परेका छन्। बिरामीहरूको यो संख्या बिहिवारसम्मको हो। उक्त जानकारी स्वास्थ्य विभागले शुक्रवार दिएको हो। विभाग अनुसार, अहिलेसम्म चार जनाको मृत्यु भएको छ। बिरामीहरूमा नानी, वृद्ध, महिला तथा हरेक उमेर वर्गका मानिसहरू छन्।

स्वास्थ्य विभागका एक अधिकारीले भने, सबैभन्दा खराब स्थिति बांग्लादेशको सीमासॅंग जोडिएका क्षेत्रहरूको छ। यी क्षेत्रहरूमा नदियाको हिरणघाटा, राणाघाट, कृष्णानगर, आमडांगा र उत्तर २४ परगनाको बसीरहाट सामेल छन्। हुगली, हावडामा पनि ठूलो संख्यामा मानिसहरू संक्रमित भएका छन्। राज्य स्वास्थ्य सेवाका निदेशक सिद्धार्थ नियोगीले भने, कोलकाता लगायत सबै जिल्लाका सरकारी अस्पतालहरूलाई डेङ्गू लक्षण भएका बिरामीहरू रेफर नगर्न तथा तत्काल भर्ती गरेर उपचार शुरू गर्न निर्देश जारी गरिएको बताए। उल्लेखनीय छ, एक दिनअघि मुख्यमन्त्री ममता ब्यानर्जीले पश्चिम बंगालमा डेङ्गूको संक्रमण बांग्लादेशबाट फैलिरहेको बताएकी थिइन्।

About Author

Advertisement