जलपाईगढी: पश्चिम बंगालका कवि र लेखकहरूले मिलेर समस्याग्रस्त बंगलादेशलाई शान्तिको सन्देश दिए। जलपाईगढी जिल्लाको मैनागढी रोडमा रहेको कवि, लेखक तथा वातावरणविद् दिनेशचन्द्र विश्वासको निवासमा बंगलादेशको पछिल्लो अवस्थाबारे गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। कोलकाताका फिल्म निर्देशक, कवि, लेखक र कलाकारहरुको सहभागिता थियो। त्यसैगरी उत्तर बंगालका कवि, लेखक, व्यवसायी र समाजसेवीहरुको पनि सहभागिता रहेको थियो। सबैले मिलेर बंगलादेशमा शान्तिको सन्देश दिए। भारतीय कवि र लेखकहरूले मानिसहरूबीचको मतभेद बढ्नु हुँदैन भन्ने सन्देश दिए। दुई देशबीचको सम्बन्ध पहिले जस्तै स्थापित हुनुपर्छ।











