पवित्र रेड वज्र क्राउन समारोहमा मुख्यमन्त्री सहभागी

FB_IMG_1767355251630

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ आज गया नगरमा पवित्र रेड वज्र क्राउन समारोह तथा परमपूज्य १२औँ गोश्री ग्याल्त्साब रिनपोछेबाट प्रदान गरिने दीर्घायु आशिर्वाद कार्यक्रममा सहभागी हुन पुगे।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले यो शुभ अवसर आध्यात्मिक दृष्टिले अत्यन्तै गहन र महत्त्वपूर्ण क्षण हो भने। उनले संजाल मार्फत सिक्किम र सिक्किमबासीहरूको तर्फबाट सबैका लागि शान्ति, उत्तम स्वास्थ्य, सद्भाव र चिरस्थायी सुखशान्तिका निम्ति हार्दिक प्रार्थना गरे।

About Author

Advertisement