पवन चामलिङले दिए स्वर्गीय थुप्देन रापग्याललाई श्रद्धाञ्जली

si-1

गान्तोकः एसडीएफ अध्यक्ष पवन चामलिङले पूर्व कोच एवम् फुटबल खेलाडी स्वर्गीय थुप्देन रापग्याललाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले आज राज्यका पूर्व फुटबल खेलाडी तथा कोच स्वर्गीय थुप्देन रापग्यालको चान्बारीस्थित निजी निवासस्थानमा पुगी श्रद्धाञ्जली अर्पण गरे। चामलिङले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरे।

-हिस

About Author

Advertisement