पर्जापट्टाले कमानवासीलाई शरणार्थी बनाउने षड्यन्त्र: भाजपा

par.jpg

दार्जिलिङ: भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले राज्य सरकारद्वारा वितरण गरिरहेको पर्जापट्टाले भविष्यमा नकारात्मक प्रभाव पार्ने अनि पुस्तौंदेखि आफ्नो जग्गामा बसोबासो गरिरहेका कमानवासीलाई शरणार्थी बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। तिनले जीटीए प्रमुख कर्यापाल अनित थापाले पनि यो षडयन्त्रमा साथ दिरहेको आरोप लगाउनको साथै तिनले सरकारसँग मिलेर सही र खाँट्टी पट्टा दिलाउनु पर्ने आह्वान गरेका छन्। देवानले वर्तमानमा वितरण गरिरहेको पर्जापट्टा पहाड़का मानिसहरू लिन नहुने बताउँदै यसले भविष्यमा ठूलो सङ्कट मात्र निम्त्याउने दावी गरेका छन्। यसैगरी, हालै बङ्गाल विधानसभामा राज्यको सत्तारूढ तृणमूल कङ्ग्रेसले बङ्गाल विभाजनको विरोधमा पारित गरेको प्रस्तावलाई असंवैधानिक रहेको दावी गर्दै भाजपा नेता देवानले यसको विरोध गरे।

About Author

Advertisement