परेङगाउँ एकेआरएस प्रतिनिधि टोलीको मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट

IMG-20220622-WA0159.jpg

गान्तोक। सोरेङ जिल्ला अन्तर्गत रिन्चेनपोङ समष्टिको परेङगाउँका अखिल किरात राई संघका खण्ड स्तरीय अध्यक्ष, माङखिमका अध्यक्ष, केन्द्रिय कार्यकारी समितिका उपाध्यक्ष लगायत अन्य सदस्यगण, पञ्चायत अनि माङपाहरूको एक प्रतिनिधि टोलीले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनकै सरकारी आवास मिन्तोकगाङमा भेट गऱ्यो।

प्रतिनिधि टोलीका सदस्यहरूले झुसिङथाङस्थित परेङगाउँ माङखिममा सांस्कृतिक एवं भाषिक केन्द्र अनि परेङगाउँकै मनोकामना गुफाको निम्ति विकासका योजनालाई स्वीकृति दिएकोमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै राज्य सरकारप्रति कृतज्ञता प्रकट गरे।

जानकारी गराइन्छ, यस योजनाले सांस्कृतिक धरोहरको संरक्षणसँगै उक्त क्षेत्रमा पर्यटनलाई बढ़ावा दिनेछ।

About Author

Advertisement