पत्रकार संगठनहरूले सिक्किम सरकारप्रति प्रकट गरे कृतज्ञता

IMG-20240811-WA0286

गान्तोक: पत्रकारहरूलाई पेन्सनसहित अन्य सुविधाहरू उपलब्ध गराएकोमा प्रेस क्लब अफ् सिक्किम अनि जर्नालिस्ट यूनियन अफ् सिक्किमले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरेको छ। दुइवटा संस्थाका कार्यकारी सदस्यहरूले आज राजधानीमा एउटा संयुक्त पत्रकार सम्मेलन डाकेर सरकार र मुख्यमन्त्रीलाई धन्यवाद दिए। उल्लेखनीय छ, राज्यका पत्रकारहरूलाई पेन्सन दिइनुपर्छ भन्ने पुरानो मागमाथि सुनवाइ गर्दै राज्य सरकारले हालै विधानसभामा प्रस्तुत गरिएको वर्ष २०२४-२५को वार्षिक बजटमा २० लाख रुपियाँ धनराशि आवण्टन गरेको छ। सिक्किम सरकारको सूचना एवं जनसम्पर्क विभाग र प्रेस क्लब अफ् सिक्किम मिलेर पेन्सनका लाभार्थीहरूको निम्ति मापदण्ड तय गर्नुपर्नेछ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम रावतले पेन्सन योजनाको निम्ति धनराशि आवण्टन गरेकोमा राज्य सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरे। यसले विशेष गरेर आर्थिक रुपमा दुर्बल पत्रकारहरूलाई धेरै सहयोग पुग्ने उनले बताए। उल्लेखनीय छ, वर्तमान सरकारले राज्यका पत्रकारहरूको लागि विभिन्न सुविधाहरू उपलब्ध गराउनकासाथै बिरामी परेको अवस्थामा उपचारमा धेरै सहयोग गर्दै आएको छ। यसैबीच सरकारले डिस्प्ले विज्ञापनको सङ्ख्या साथै धनराशिमा पनि बड़ोत्तरी गरेको छ। यसका निम्ति पनि प्रेस क्लब अफ् सिक्किम र जर्नलिस्ट यूनियन अफ् सिक्किमले सरकार र मुख्यमन्त्री तामाङप्रति आभार व्यक्त गरेको छ।

About Author

Advertisement