पत्रकार केशर मोक्तानलाई श्रम शक्ति अवार्ड २०२४ द्वारा सम्मानित

IMG-20240726-WA0260

मङ्पु: मङ्पुका पत्रकार केशर मोक्तानलाई आज श्रम शक्ति अवार्ड २०२४ द्वारा सम्मानित गरिएको छ। लामो समयदेखि प्रिन्ट र इलेक्टोनिङ मिडिया क्षेत्रमा कार्यरत् पत्रकार केशर मोक्तानलाई डा. अम्बेडकर शैक्षिक संस्थान मङ्पुमा एक कार्यक्रमबीच साईनाथ अन्तर्राष्ट्रीय सोसियल अनि सांस्कृतिक च्यारिटेबल फाउण्डेशनको तर्फबाट श्रम शक्ति अवार्ड २०२४ प्रदान गरिएको जानकारी प्राप्त भएको छ। उनलाई उक्त अवार्ड पत्रकारिता र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा प्रदान गरिएको छ। पत्रकार केशर मोक्तानलाई खदार्पणसहित सम्बर्ध्दना पत्र प्रदान गरेर श्रम शक्ति अवार्ड २०२४ प्रदान गरिएको छ। उक्त अवार्डको सम्बर्ध्दना पत्रमा साईनाथ अन्तर्राष्ट्रीय सोसियल अनि सांस्कृतिक च्यारिटेबल फाउण्डेशनको तर्फबाट संस्थापक निर्देशकद्वय निलिमा ब्यानर्जी र पार्थ सारथी रोयको हस्ताक्षर रहेको छ। उल्लेखनीय छ पत्रकार केशर मोक्तान मूलत: मङ्पुमा रहेर हिमालय दर्पणको पत्रकार हुन् भने उनले आफ्नै अनलाइन न्युज च्यानल हिल टाइम्स सञ्चालन गरिहेका छन्। यसको अतिरिक्त उनी विभिन्न इलेक्ट्रोनिक मिडियामा पनि कार्यरत् छन्। उनी पत्रकारहरूको संगठन दार्जीलिङ प्रेस गिल्डका पूर्व सचिव पनि थिए।

About Author

Advertisement