सोनादा: हिमालय दर्पणका पत्रकार किरण छेत्रीलाई युवा पत्रकारिता सेवा सम्मान २०२६ ले सम्मानित गरिएको छ। उनलाई सोनादा उच्चत्तर माध्यमिक विद्यालयको तर्फबाट २१२औं भानु जयन्ती समारोहमा उक्त युवा पत्रकारिता सेवा सम्मान २०२६ ले सम्मानित गरिएको छ। पत्रकार किरण छेत्रीले आफ्नो पत्रकारिताको माध्यमबाट समाजको उन्नति र लोकतन्त्रको सपनलाई जिउँदो राख्दै यसको सुदृढीकरण र सामाजिक उत्तरदायित्व, जनाधिकारको संरक्षण तथा सत्य सूचनाको प्रवाहमा दिएको योगदानको कदर गर्दै युवा पत्रकारिता सेवा सम्मान २०२६ ले सम्मानित गरिएको छ। यस अवसरमा उनलाई अतिथिहरुको बाहुलीबाट खदार्पणसहित शिर शोभा ओढाएर स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। आफुलाई युवा पत्रकारिता सेवा सम्मानद्वारा सम्मानित गरिएकोमा खुशी व्यक्त गर्दै सोनादा उच्चत्तर माध्यमिक विद्यालय परिवारप्रति आभार प्रकट गरेका छन्।










