खरसाङ: सोनादा निवासी पत्रकार किरण छेत्रीलाई खस गौरव सम्मान प्रदान गरिएको छ। कालेबुङको मेला ग्राउण्डमा सम्पन्न दशौँ खस भारतीय हितकारी सम्मेलनमा उनलाई उक्त सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रममा दार्जिलिङका सांसद राजु विष्ट, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने विभिन्न स्थानहरुबाट हितकारी सम्मेलनका पदाधिकारीहरु र प्रतिनिधिहरु उपस्थित रहेका थिए। पत्रकार किरण छेत्रीलाई समाजमा पत्रकारको रुपमा उल्लेखनीय योगदान दिएकोमा उक्त खस गौरव सम्मानले सम्मानित गरिएको छ। उक्त सम्मान कार्यक्रमको आयोजना खत हितकारी सम्मेलन केन्द्रीय समितिको आयोजनामा कालेबुङमा आयोजना गरिएको थियो। उक्त सम्मान भारतीय हितकारी सम्मेलन केन्द्रीय समितिको सभापति मदनकुमार मिश्रको बाहुलीबाट प्रदान गरिएको छ। पत्रकार किरण छेत्री सोनादाको नाली चउर निवासी हुन् भने उनले दार्जिलिङ, सोनादा र खरसाङ क्षेत्रको प्रतिनिधिको रुपमा पत्रकारिता गरिरहेका छन्। उनले विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा दिएको उल्लेखनीय योगदान दिन्दै खस जातिलाई गौरवान्वित बनाएकोमा सम्मानित गरिएको छ।










