पत्रकार अर्पण गुरुङ पितृ शोकमा

IMG-20260427-WA0060

खरसाङ: खरसाङका पत्रकार एवं प्रेस क्लब अफ् खरसाङको कोषाध्यक्ष अर्पण गुरुङ पितृ शोकमा परेका छन्। नमस्ते खरसाङ च्यानलका पत्रकार एवं प्रेस क्लब अफ् खरसाङको कोषाध्यक्ष अर्पण गुरुङको पिता अनि नमस्ते खरसाङको एमडी निर्मल गुरुङको जेष्ठ दाजु श्यामकुमार गुरुङ (मुन्ना गुरुङ) को आईतवार साँझ निधन 66 वर्षको उमेरमा भएको छ। खरसाङको वार्ड नम्बर १९ स्थित क्याम्प‌ साइड निवासी श्यामकुमार गुरुङको निधन आकस्मिक ह्रदयघातको करणले भएको जानकारी प्राप्त भएको छ। उनले आफुपछि आमा, पत्नी, छोरा अर्पण गुरुङ, छोरी, कान्छा भाइ निर्मल गुरुङसहित चारजना भाइहरु र शाखा सन्तानहरु छोडी गएका छन्। श्यामकुमार गुरुङ सेन्ट्रल ईण्डस्ट्रियल सेकुरिटी फोर्स सीआईएसएफमा एलएसआईको पदबाट अवकाशप्राप्त भएका थिए। उनको २०१७ मा हार्ट सर्जरी गरिएको जानकारी प्राप्त भएको छ। उनको अन्तिम संस्कार मंगलवार दिउँसो गरिने पारिवारिक सूत्रबाट जानकारी प्राप्त भएको छ। प्रेस क्लब अफ् खरसाङको संयोजक निर्मल गुरुङको दाजु अनि प्रेस क्लब अफ् खरसाङको कोषाध्यक्ष अर्पण गुरुङको पिताको निधनमा प्रेस क्लब अफ् खरसाङको तर्फबाट श्रध्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो शोक समवेदना प्रकट गरिएको छ।

About Author

Advertisement