पञ्जीकरणपछि प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको सभा

8db0e5f9-363f-426e-a6d9-bfb0d0f4d0d8

खरसाङ: खरसाङको ग्राम सुधार समिति भवन, सुबेदार बस्तीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको सभा संगठनका अध्यक्ष शरण विश्वकर्मको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा भागोप्रमो खरसाङ शहर समितिको पक्षमा अध्यक्ष बीरबल पाख्रिन, उपाध्यक्ष सन्तोष परी, मूल-सचिव राजु सेवा विशेष रूपमा उपस्थित थिए। सभामा खरसाङ क्षेत्रका श्रमिकहरुलाई प्रजातान्त्रिक असंगठित श्रमिक संगठन पञ्जीकरण गरिएको जानकारी गराइएको थियो भने यस संगठनमा आबध्द हुन चाहाने श्रमिकहरुलाई सदस्यता विषयमा जानकारी गराइएको छ। सभामा विशेष गरेर खरसाङ क्षेत्रमा प्रवासी श्रमिकहरुले पनि काम गर्न पाउने तर स्थानीय श्रमिकहरुलाई पनि समान रुपमा मौका दिनु पर्ने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनले आफ्नो सम्बोधनमा खरसाङमा प्रजातान्त्रिक असंगठित श्रमिक संगठन मात्रै पञ्जीकृत संगठन रहेको द यसको लागि पार्टी अध्यक्ष अनित थापा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई धन्यवाद दिएका छन्।

About Author

Advertisement