पञ्जाब किंग्सको लगातार पाँचौं हार

IMG-20260515-WA0002

धर्मशाला: आईपीएल २०२६-को ५८औं म्याचमा मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गऱ्यो। यो पञ्जाब किंग्सको लगातार पाँचौं हार हो। जारी सीजनमा पहिलो ६ वटा म्याचमा अजेय रहने पञ्जाब किंग्स यस हारपछि १२ वटा म्याचमा १३ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको चौथो स्थानमा रहन पुग्यो। यसरी प्लेअफ्-को रेसबाट अगावै बाहिर हुने मुम्बई इण्डियन्स १२ वटा म्याचमा ८ पोइण्ट्सको साथ नवौं स्थानमा रहेको छ। एचपीसीए स्टेडियममा बिहीवार टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनायो। विकेटकीपर ब्याटर प्रभसिमरन सिंहले सर्वाधिक ५७ रन बनाए। उनले ३२ बल खेलेर ६ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक अजमतुल्लाह ओमारजईले ४ वटा छक्का र २ वटा चौकाको सहायताले १७ बलमा ३८ रन बनाए। प्रियांश आर्यले २२ र कूपर कोनोलीले २१ रनको योगदान दिए जबकि कप्तान श्रेयस अय्यर ४ रन बनाएर आउट भए। मुम्बई इण्डियन्सका बलरहरूमा शार्दुल ठाकुरले सर्वाधिक ४ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले १९.५ ओभरमा ४ विकेटमा २०५ रन बनाएर म्याच जित्यो। तिलक वर्माले अविजित ७५ रनको म्याच जिताउने ईनिंग्स खेले। उनले ३३ बल खेलेर ६ वटा छक्का र ६ वटा चौका लगाए। यसबाहेक रेयान रिकेल्टनले ४ वटा छक्का र ४ वटा चौकाको सहायताले २३ बलमा ४८ रन बनाए। रोहित शर्माले २५ रनको योगदान दिए। यसरी विल ज्याक्स २५ रनमा अविजित रहे।

About Author

Advertisement