पञ्चायत चुनावलाई लिएर विमल गुरूङले बकमफुसे कुरा नगरून्: अरूण सिंग्ची

मिरिक: जीटीएका कार्यकारी सभासद अरूण सिंग्चीले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङलाई पञ्चायत चुनावलाई लिएर बगमफुसे कुरा नगर्ने सुझाव दिएका छन्। मिरिक भ्रमणमा रहेका गोजमुमो अध्यक्ष विमल गुरूङले आइतबार पत्रकारहरूले पञ्चायत चुनावलाई लिएर सोधिएको प्रश्नको जवाफमा पञ्चायत चुनाव संवैधानिक प्रणाली रहेको तर पहाडमा दुई स्तरीय होइन त्रीस्तरीय पञ्चायत चुनाव हुनुपर्छ भन्दै जिल्लापाल साथै पश्चिम बंगाल सरकारलाई समेत पत्रचार गरेको बताएका थिए। गुरूङले पञ्चायत चुनावलाई लिएर गरिएको सिमाङ्कन प्रक्रियामा पनि असन्तुष्टि जाहेर गरेका थिए। सोही कुरोको जवाफ दिँदै सोमबार जीटीएका कार्यकारी सभासद अरूण सिंग्चीले गुरूङमाथि कटाक्ष कसेका छन्। सिंग्चीले पत्रकार सम्मेलन आयोजना गर्दै शुरूमा जीटीएको सम्झौता हुँदा गोजमुमो अध्यक्ष विमल गुरूङले नै जीटीएभित्र त्रीस्तरीय चुनाव हुनुपर्छ भनेर हस्ताक्षर गर्न लगाए तापनि उनको कार्यकाल अवधि त्रिस्तरीय होइन एक स्तरीय पञ्चायत चुनावसमेत नगराएको आरोप लगाएका छन्। गोजमुमोले गोर्खाल्याण्डको निम्ति दिल्लीमा सम्पन्न गरेको संगोष्ठीलाई लिएर सिंग्चीले गुरूङलाई प्रश्न तेर्साउदै भने, गोर्खाल्याण्डको लागि दार्जीलिङवासीलाई एकजुट बनाउन नसक्नेले देशभरिका मानिसहरूलाई कसरी एकजुट बनाउनु सक्नुहुन्छ? यसरी बगमफुसे कुरा गर्दै जनसाधारणलाई अन्योलमा नपार्ने समेत उनले गरे। वर्ष २०१७ मा सम्पूर्ण जनसाधारण एकजुट भएका थिए। तर त्यसबेला विमल गुरूङ जनतालाई छाडेर भागेका थिए। त्यो आन्दोलन त्यसै भएको थिएन तर आफू बाँच्नको निम्ति विमल गुरूङ भागेको पनि सिंग्चीले आरोप लगाए। सिंग्चीले भ्रमण जसले पनि गर्न सक्छन् तर भ्रम फैलाउनु हुँदैन भन्दै यदि ठूल्ठूला कुरा गर्ने हो भने जीटीएको सम्झौता हुँदा पनि थुप्रै कुराहरू छुटेका पनि थिए अनि थुप्रै कुराहरू पनि थिए। तर उनले भएका कुराहरू पनि गर्न सकेनन्। दागोपापमा पनि पहिले पहिले बस्तीमा मात्र पञ्चायत चुनाव हुने गरेको थियो। पछि आएर मात्र चियाबारीमा चुनाव भएको हो। दुई स्तरीय अनि त्रीस्तरीय पञ्चायत चुनावपछि पञ्चायत समिति, महकुमा परिसदका अधिकारीहरूको पावर कति हुन्छ थाहा छ ? भन्दै प्रश्न समेत गरे। यसरी नै उनले भारतीय जनता पार्टीप्रति पनि कटाक्ष कस्दै २०२४ मा हुने चुनावको निम्ति भाजपाले पनि आफ्नो रणनिति तयार पार्दैछ, कुन दिन र कहिले नि:शुल्क चामल बाट्न थाल्छ गर्छ तर छुटेका गोर्खा जातिलाई जनजातिको दर्जा किन हालसम्म प्रदान गर्न सकेन भन्दै प्रश्न तेर्साए। अन्य जातिका समुदायहरूलाई जनजातिको दर्जा प्रदान गर्दा आरजीआईको कुरा उठ्दैन तर गोर्खा समुदायलाई जनजातिको दर्जा प्रदान गर्नलाई किन आरजीआई बाधा हुन्छ यसैले सबैले बुझ्नु पर्छ भने। उनले चियाबारी सुरक्षा समितिलाई पनि कटाक्ष कस्दै चियाश्रमिकहरूलाई २०२४ को चुनावको निम्ति मात्र प्रयोग गरिरहेको आरोप लगाए।

About Author

Advertisement