पञ्चायत चुनावमा सबैभन्दा कम उमेरका प्रतिद्वान्दीको रूपमा विद्यार्थी एंव सामाजिक कार्यकर्ता सेमिका लामाले बुझाए नामांकन पत्र

IMG-20230613-WA0299.jpg

खरसाङ: आगामी ग्राम पञ्चायत चुनावको लागि खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत तीनको लङ्भ्यु क्षेत्रबाट स्वतन्त्र प्रार्थीको रुपमा एकजना युवा, विद्यार्थी एंव सामाजिक कार्यकर्ता सेमिका लामाले नामांकन पत्र बुझाएका छन्। लङ्भ्यु परिवर्तन मुभमेन्टकी प्रमुख सेमिका लामाले नामांकन पत्र बुझाउने चौथो दिन खरसाङ खण्ड विकास कार्यालयमा आएर आफ्नो नामांकन पत्र भरेका छन्। नामांकन पत्र बुझाउने चौथो दिन खरसाङ खण्ड विकास कार्यालयमा भीड़बीच सबैभन्दा कम उमेरका प्रार्थी एंव एकजना विद्यार्थी सेमिका लामाले पञ्चायत चुनावको लागि प्रतिस्पर्धा गर्दै नामांकन पत्र बुझाएका छन्। आफ्नो नामांकन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै स्वतन्त्र प्रार्थी सेमिका लामाले लामो समयपछि पहाड़मा पञ्चायत चुनाव भईरहेको र सधैं हामीलाई विभिन्न राजनैतिक पार्टीहरूलाई समर्थन र सहयोग गरिरहेका हौं अनि ये ठूलो चुनाव पनि होइन तर गाउँको विकासको लागि यो चुनाव हो भनी बताएका छन्। उनले यो चुनावमा हाम्रो गाउँ हामी आफैले विकास गरौं भन्ने सोच लिएर यसपालीको पञ्चायत चुनावमा प्रतिद्वान्दिता गरेको जनाइन्। उनले पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिन्दै भनिन् – “हाम्रो लङ्भ्यु परिवर्तन मुभमेन्ट नाम गरेको एनजीओ छ जसले सामाजिक कार्यहरू गर्दै आईरहेका छौं। यसपाली हामीले सोचेर बुझेर नै पञ्चायत चुनावमा प्रतिद्वान्दिता गरिरहेका छौं र गाउँमा सेवा गर्ने र सिस्टममा बसेर कार्य गर्ने योजना रहेको छ। यसपाली प्रतिस्पर्धा टप छ तर असम्भव भन्ने केही छैन। पार्टी र राजनीति आफ्नो ठाउँमा छ र जनताले यसपाली सोचेर बुझेर सही रूपमा काम गर्ने प्रार्थीलाई भोट दिएर जिताउनेछ भनी आशा छ।”

About Author

Advertisement