पञ्चायत चुनावमा भष्ट्रचारी पार्टी होइन ग्रामवासीको जीत हुनुपर्छ: अजय एडवाडर्स

IMG-20230616-WA0285.jpg

दार्जीलिङ: अब हुने पञ्चायत चुनावमा जनताको राज अवश्यै आउनेछ। पञ्चायत चुनावमा भ्रष्टाचारी पार्टीको होइन तर ग्रामवासीको जीत हुनुपर्छ भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले बताएका छन्। पञ्चायत चुनावको नामांकन पत्र दर्ता गर्ने कार्य हिज बीहीबार समाप्त भयो। पहाडको कतिपय वार्डहरूमा गठबन्धनको उम्मेद्वारहरूको कागज पत्र अपूरा हुँदा नामांकन पत्र दर्ता गर्न सकेनन् तर सत्ता पक्षको नेतृत्वहरूले पहाडको सबै वार्डहरूमा हाम्रो जीत तय छ भन्ने भूल नगरोस् भनी हाम्रो पार्टीको अध्यक्ष एडवाडर्सले बताएका छन्। भागोप्रमोको केन्द्रीय प्रवक्ता केश्वराज पोख्ररेलले समाजिक सञ्जालहरूमा पञ्चायत चुनावमा हामी सबै वार्डहरूमा जीत हाँसिल गर्नेछौं भन्ने दावी गर्दै थिए तर उनको त्यो दावी गलत सावित हुनेछ अध्यक्ष एडवाडर्सले भने। उनले अघि भने,’नामांकन पत्र दर्ता गर्ने क्रममा यति धेर भीड रहेको थियो जसको कारणले गर्दा गठबन्धन दलको उम्मेद्वारहरूले आफ्नो कागज पत्र ठीक गर्ने समय समेत पाएनन् जसको कारणले गर्दा कतिपय वार्डहरूबाट नामकंन पत्र दर्ता गर्न समेत पाएनन्। तर सत्ता दलको नेतृत्वहरूले पहाडको सबै वार्डहरूमा हाम्रो जीत तय छ भन्ने गलती नगरून्। पहाडको जनताले तपाईहरूको क्रियाकलापहरू स्पष्टसँग देखेको छ। बुझेको छ। त्यसकारण यस पटक पहाडमा जनताको राज अवश्यै आउने छ। जनताको राज भनेको हाम्रो पार्टी, गोरामुमो, गोजमुमो, क्रामाकपा, भाजपा, गोर्खालीगको राज भनेको होइन। त्यो गाउँ, त्यो वार्डहरूमा जनताको राज हुनेछ।’
उनले अझ भने, ‘हामी गठबन्धन दलहरूले आफ्नो चुनावी रणनीतिहरू तय गरेर प्रत्येक गाउँ, प्रत्येक वार्ड साथै घर घरमा जानेछौं। सिस्टमको कुरा गरेर सिस्टम तोडने, भष्ट्रचार गर्ने, विपक्षीहरूलाई नाश गर्ने सोच लिएर हिड्नेलाई पहाडको जनताले यस पटक सबक अवश्यै सिकाउने छ।’
हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले गठबन्धन दलको सबै उम्मेद्वारहरूलाई विजय भवःको कामना गर्दै भोलिको दिनमा गठबन्धनको नेतृत्वहरू बसेर चुनावी कार्य नीतिहरू तयार गरेर लक्ष्य प्राप्तिको निम्ति अघि बढ़नेछौं। यस पटकको चुनावमा भष्ट्रचारी पार्टीले होइन, गाउँ, समाज अनि ग्रामवासीको जीत हुनपर्छ।’

About Author

Advertisement