पञ्चायत चुनावको स्वागत गर्दै हामी पनि चुनावमा भाग लिनेछौं: रोशन गिरी

दार्जिलिङ: पहाड़मा पञ्चायत चुनाव हुने विषयमा गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय महासचिव रोशन गिरीले आज दार्जिलिङमा पत्रकारहरूसित कुराकानी गर्दै यसको स्वागत जनाएका छन्। रोशन गिरीले यस विषयमा आफ्नो प्रतिक्रिया दिन्दै हामीले चाहेको तीन स्तरीय पञ्चायत चुनाव हो अनि जीटीएको एक्टमा पनि तीन स्तरीय पञ्चायत चुनाव उल्लेख गरिएको छ। तर यसपाली दुई स्तरीय भएपनि ग्राम पंचायत चुनाव भए हामी स्वागत गर्छौं कारण गत २००० सालदेखि पञ्चायत चुनाव नभएकोले जनताले पञ्चायतबाट पाउने सहुलियतहरूबाट वञ्चित रहेको बताएका छन्। गिरीले हामी तीन स्तरीय पञ्चायत चुनाव नै चाहान्छौं तर अहिले दुई स्तरीय भएपनि चुनाव होस् र विस्तारै तीन स्तरीय पञ्चायत चुनाव भएको होस् भनी बताएका छन्। उनले अघि भने, पञ्चायत चुनाव होस् भनेर सबै राजनैतिक दलहरूको मांग रहेको थियो। हामीले पनि गत वर्ष ६ अक्टोबर २०२१ राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी प्रशासनिक बैठक गर्न खरसाङ आएको समय हामीले पञ्चायत चुनावको मांग गरेका थियौं। महासचिव रोशन गिरीले पहाड़मा अहिले ११२ वटा ग्राम पञ्चायतहरू रहेको र अब पञ्चायत चुनाव अघि पहाड़मा रहेको ठूल्ठूलो खण्डहरूलाई छुट्टाएर सानो बनाउनु पर्ने बताएका छन्। पञ्चायत चुनाव भए गोर्खा जनमुक्ति मोर्चाले पनि चुनावमा भाग लिने बताएका छन्।

About Author

Advertisement