पञ्चायत चुनाउः दस्तावेजहरूसित छेड़छाड़को सीबीआई जाँचमा अन्तरिम रोक

00-1-Rajya-Samachar-8

कोलकाताः पञ्चायत चुनाउको निम्ति नामाङ्कन दर्ता गर्ने विपक्षका उम्मेदवारहरूको दस्तावेजहरूसित छेड़छाड़को सीबीआई जाँच सम्बन्धी कलकत्ता हाईकोर्टको एकल पीठको फसेलामा अन्तरिम रोक लागेको छ।

शुक्रवार न्यायमूर्ति अरिजीत ब्यानर्जीको खण्डपीठले यो निर्देश दिएको छ। न्यायमूर्ति अमृता सिन्हाको एकल पीठले यस मामिलाको सीबीआई जाँचको आदेश दिएको थियो, जस विरूद्ध राज्य सरकारले खण्डपीठमा याचिका लगाएको थियो।

यस सम्बन्धमा खण्डपीठले भन्यो, सोमवार राज्य सरकारद्वारा लगाइएको याचिकामा फसेला सुनाइनेछ। तबसम्म सीबीआई जाँचमा अन्तरिम रोक कायम रहनेछ।

उल्लेख्य, हावड़ा, मुर्शिदाबाद, नदिया, उत्तर र दक्षिण २४ परगना समेत धेरै जिल्लाहरूबाट विपक्षका उम्मेदवारहरूले नामाङ्कान दर्ता गरेपनि चुनाउ आयोगको वेबसाइटमा उनीको नाम नदेखिएको, उनीहरूको दस्तावेजहरूसित व्यापक स्तरमा छेड़छाड़ गरिएको शिकायत आइरहेको थियो। स्थानीय बीडीओमाथि यसको आरोप लागेको थियो। यस मामिलामा न्यायमूर्ति सिन्हाले सीबीआई जाँचको आदेश दिएकी थिइन्।

-हिस

About Author

Advertisement