उत्तर बङ्गाल विकासमन्त्री उदयन गुहाले गरे उद्घाटन
कुचबिहार: कुचबिहार जिल्लाको पञ्चानन बर्मा विश्वविद्यालयका तीनवटा बस आज उद्घाटन गरियो। यसको उद्घाटन उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहाले गरेका थिए ।जिल्ला मजिस्ट्रेट पवन काडियान, प्रहरी उपरीक्षक सुमित कुमार, नगर अध्यक्ष रवीन्द्रनाथ घोष, कृष्ण बर्मन लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। आज एक बस छात्राका लागि र दुईवटा बस छात्राका लागि उद्घाटन गरियो।

उद्घाटनका अवसरमा उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहाले भने, ‘विद्यार्थीका लागि होस्टल तयार पारिएको छ। आज होस्टेल विश्वविद्यालयलाई हस्तान्तरण गरेका छौं। त्यसपछि छात्रावासको चारैतिर पर्खाल र विद्यार्थीलाई छात्रावास जानका लागि सडक निर्माण गरिनेछ। यी होस्टल निर्माणको लागत लगभग २२ करोड रुपियाँ छ।










