खरसाङ: राष्ट्रिय राजमार्ग ११० अन्तर्गत घैयाबारी र महानदीबीचको पगलाझोड़ामा गएको पैह्रोको माथिल्लोपट्टि पहाड़ काटेर रोड निर्माण भएपछि अहिले पगलाझोड़ाको रोड भएर गाड़ीहरू कुद्न सुचारू भएको छ। विगत ६ जुलाईको दिन पगलाझोड़ामा गएको पैह्रोले वाधित बनेको राष्ट्रिय राजमार्ग ११० लगभग १३-१४ दिनपछि अहिले सुचारू भएको छ। पगलाझोड़ाको पैह्रोले राष्ट्रिय राजमार्ग मा तानेर लगेपछि बन्द भएको थियो। बन्द राष्ट्रिय राजमार्गमा अहिले लगातार रुपमा बस सेवा लगायत सबै प्रकारका गाड़ीहरू, भारी वाहनहरू साथै बाइट स्कुटी सबै नै सुचारु भएको छ। विगत शनिवारदेखि नै पैह्रोमा निर्माण गरिएको रोडबाट गाड़ीहरू पास भएको थियो अनि आधिकारिक रूपमा सोमबारदेखि गाड़ीहरू कुद्न थालेको छ भने आज मंगलबारक दिन पनि धेरै गाड़ीहरू कुद्न थालेको छ। पगलाझोड़ाको पैह्रोको माथिल्लोपट्टि बनिएको रोडबाट साना गाड़ीहरू र बाइकहरू कुद्न पानी झरीको समयमा भने हिलो भएर केही असुविधा भने देखिएको छ। तर पनि गाड़ी कुद्न सुविधा होस् भनेर रोडमा बनिएको हिलोलाई लगातार रूपमा माटो लगाएर रोलर लगाईरहेको देखिएको छ। रोड निर्माण भएपछि अहिले पगलाझोड़ाको पैह्रोमी बनिएको नयाँ रोड भएर लगातार रूपमा गाड़ीहरू कुदिरहेको छ भने खरसाङदेखि सिलगढीसम्म चल्ने बस सेवा सुचारु भएको छ। पैह्रोले गर्दा बस सेवा सिलगढीदेखि घैयाबारीसम्म चल्दै थियो। पैह्रोले वाधित बस सेवा र अन्य गाड़ीहरू वाधित हुँदा स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो। तर रोड निर्माण भएपछि गाड़ीहरू सुचारू भएकोले स्थानीयहरूले खुशी व्यक्त गर्दै सम्बन्धित विभागमा धन्यवाद दिएका छन्।










