पक्राउ परेका बंगलादेशी नागरिकलाई सद्भावनाको रूपमा बीएसएफले बीजीबीलाई सुम्पे

IMG-20240513-WA0142.jpg

सिलगढी:: देश विरोधी तत्वहरुको तस्करी र घुसपैठको कुनै पनि प्रयासलाई विफल पार्न उत्तर बङ्गाल फ्रन्टियर बीएसएफका महानिरीक्षक श्री सूर्यकान्त शर्माको नेतृत्वमा सीमा सुरक्षा बलका सीमा रक्षकहरू भारत-बंगलादेश सीमानामा हरपल तैनाथ छन्। आइतबार बिहान करिब ९.३० बजे सूचनाको आधारमा पश्चिम बङ्गालको उत्तरी दिनाजपुर जिल्लामा रहेको भारत–बंगलादेश सीमामा तैनाथ बीएसएफको ७२ बटालियनको बीओपी कैलाडाँगीका सुरक्षाकर्मीले एकजना बंगलादेशी नागरिकलाई पक्राउ गरे।पक्राउ पर्ने व्यक्ति गाउँ–नन्दगाउँ, पुलिस थाना –हरिपुर, जिल्ला–ठाकुरगाउँ (बंगलादेश) निवासी मोहम्मद युनुस अलीका छोरा नबिरुल इस्लाम (२७) हुन्। भारत–बंगलादेश सीमा क्षेत्र नजिकै रहेको कैलाडाँगी गाउँको सामान्य क्षेत्रमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका बंगलादेशी नागरिकले आफ्नो जीविकोपार्जनका लागि ०६ मे २०२४ मा अवैध रूपमा भारत–बंगलादेश सीमा पार गरेको खुलासा गरेका छन्।

उनको कब्जाबाट केही बरामद भएको छैन। पक्राउ परेका बंगलादेशी नागरिकलाई सद्भावना स्वरुप कम्पनी कमाण्डर तहको झण्डा बैठकमा उचित रसीदमा बोर्डर गार्ड बंगलादेशको जिम्मा लगाइएको थियो। १ जनवरी २०२४ देखि १३ मे २०२४ सम्म उत्तर बङ्गाल फ्रन्टियर बीएसएफ क्षेत्रबाट बीएसएफ द्वारा पक्राउ गरिएका कुल १४ बंगलादेशी नागरिकहरूलाई सद्भावना इशाराको रूपमा सीमा गार्ड बंगलादेशलाई सुम्पिएको छ।

About Author

Advertisement