पंखाबारीमा सभासद कल्पना प्रधानद्वारा समाज घर निर्माण कार्यको शिलान्यास

IMG-20230516-WA0222.jpg

खरसाङ: पंखाबारी -लंगभ्यु-अम्बटे समष्टि सभासद एंव गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका कार्यकारी सभासद कल्पना प्रधानद्वारा सभासद कोषबाट सन् १९९६ मा स्थापित पंखाबारी समाजको समाज घर निमार्ण गर्न हेतु शिलान्यास गरिएको छ। उक्त समाज घर जम्मा ४ लाख ३७ हजार रूपियाँको लागतमा निर्माण हुन गइरहेको छ। उक्त समाज घर निर्माणको लागि भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ। पंखाबारी सेन्टर लाइनस्थित जीर्णावस्थामा रहेको नालाको मरम्मति कार्यको पनि विविध पूजा अर्चनासहित शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। आज सम्पन्न शिलान्यास कार्यक्रममा पण्डित हरी खनाल, खरसाङ सिञ्चाई विभागको सहायक अभियान्ता अभिनाश शर्मा, समाजका प्रतिनिधिगण, समष्टिको सल्लाहकार सुबोद लामा, समष्टि सदस्य कल्याण लामा, शाखा समितिका सभापति/सचिव लगायत प्रतिनिधि गणहरू उपस्थित रहेका थिए भनी पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको प्रचार प्रसार सचिव जिनोद परियारले जानकारी गराएका छन्।

About Author

Advertisement