न्यूजील्याण्ड क्रिकेटद्वारा केन्द्रीय अनुबन्ध सूची जारी

IMG-20260617-WA0071

वेलिंगटन: न्यूजील्याण्ड क्रिकेट (एनजेडसी)-ले २०२६-२७ सीजनको निम्ति पुरुष खेलाड़ीहरूका केन्द्रीय अनुबन्ध (सेण्ट्रल कण्ट्र्याक्ट) सूचीको घोषणा गरेको छ। यस २० सदस्यीय सूचीमा शीर्ष क्रमका ब्याटर डेवोन कनवे र पेस बलर ब्लेयर टिकनर फर्किएका छन् जबकि आदित्य अशोक र मोहम्मद अब्बासलाई बाहिर गरिएको छ। न्यूजील्याण्ड क्रिकेट बोर्डले बुधवार यसको आधिकारिक घोषणा गऱ्यो। डेवोन कनवे गत २ सालदेखि केजुअल प्लेईंग एग्रीमेण्टमा टीमको हिस्सा थिए तर यसपाली उनलाई फेरि केन्द्रीय अनुबन्ध सूचीमा सामेल गरिएको छ। आउँदो १२ महिनामा न्यूजील्याण्डले धेरै टेस्ट क्रिकेट खेल्नु छ। यसैकारण कनवेको भूमिका महत्त्वपूर्ण रहनेछ। कनवेले अन्तर्राष्ट्रिय क्रिकेटमा सबै प्रारूप मिलाएर १४६ वटा म्याचमा ६००० भन्दा अधिक रन बनाएका छन्। उने आगामी अनुबन्ध अवधि (१ अगस्त २०२६-देखि ३१ जुलाई २०२७)-को निम्ति सबै अन्तर्राष्ट्रिय म्याचको निम्ति आफूलाई उपलब्ध राखेका छन्। यसरी घरेलु र राष्ट्रिय टीमको निम्ति लगातार प्रभावशाली प्रदर्शन गर्ने पेस बलर टिकनरलाई फेरि केन्द्रीय अनुबन्ध सूचीमा स्थान प्राप्त भएको छ। यसरी गत वर्ष पहिलोपल्ट केन्द्रीय अनुबन्ध पाउने ज्याक फक्स र मिशेल हे-ले आफ्नो स्थान कायम राखेका छन्। यी दुवैले गत १२ महिनामा तीनैवटा प्रारूपमा न्यूजील्याण्डको प्रतिनिधित्व गरेका छन्। हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने पूर्व कप्तान केन विलियम्सन यस सूचीमा छैनन्। यसरी माइकल ब्रेसवेल र मार्क चापम्यानले केवल सेतो बलको विशेषज्ञको रूपमा केन्द्रीय अनुबन्धमा स्थान पाएका छन्।
न्यूजील्याण्डको २०२६-२७ केन्द्रीय अनुबन्ध सूची यसप्रकार छः
टम ब्लण्डेल, माइकल ब्रेसवेल, मार्क चापम्यान, डेवोन कनवे, जेकब डफी, ज्याक फक्स, मिशेल हे, म्याट हेनरी, काइल जेमीसन, टम लेथम, डेरिल मिचेल, हेनरी निकोल्स, विल ओ’रूर्के, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सेण्टनर, बेन सियर्स, नाथन स्मिथ, ब्लेयर टिकनर र विल यंग।

About Author

Advertisement