न्यूजील्याण्डविरुद्ध म्याच ड्र गर्न सफल ईरान

IMG-20260616-WA0062

नयाँ दिल्ली: विभिन्न वाधा-अड़चनहरूको सामना गर्दै फिफा वर्ल्ड कप २०२६-मा हिस्सा लिन अमेरिका आउने ईरानको टीमले टुर्नामेण्टमा यादगार शुरुवात गऱ्यो। म्याचमा दुईपल्ट पछाड़िए पनि ईरानले असाधारण पुनरागमन गर्दै न्यूजील्याण्डलाई बराबरी रोकेर देखायो। अमेरिकाको क्यालिफोर्नियास्थित लस एञ्जिलिस स्टेडियममा मंगलवार बिहान न्यूजील्याण्ड र ईरानबीच खेलिएको ग्रुप जी-को म्याच २–२-ले ड्र रह्यो। म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने न्यूजील्याण्डको शुरुवात असल रह्यो अनि एलिजाह जस्टले सातौं मिनटमा गोल गर्दै टीमलाई बढ़त दिलाए। ईरानले पनि बराबरी हासिल गर्न अधिक समय लिएन। रामिन रेजाइयानले म्याचको ३२औं मिनटमा गोल गरी स्कोर बराबरीमा पुऱ्याए। म्याचको दोस्रो हाफमा पनि दुई टीमबीच असल प्रतिस्पर्धा देखियो। यसै क्रममा म्याचको ५५औं मिनटमा एलिजाहले व्यक्तिगत दोस्रो गोल गर्दै न्यूजील्याण्डलाई फेरि बढ़त दिलाए। न्यूजील्याण्डले त्यस बढ़तलाई पनि कायम राख्न सकेन। मोहम्मद मोहेबीले ६४औं मिनटमा गोल गरी ईरानलाई २–२-को बराबरीमा पुऱ्याए। त्यसपछि रहल समयमा थप गोल हुन सकेन र दुवै टीमले एक–एक अंक बाँड़यो।

About Author

Advertisement