न्यूजील्याण्डविरुद्ध चौथो वनडे म्याचमा भारतको २४४ रनले लाजमर्दो हार

IMG-20261113-WA0059

माउण्ट माउंगानुई: भारतले न्यूजील्याण्डविरुद्ध चौथो वनडे क्रिकेट म्याचमा २४४ रनले निराशाजनक हारको सामना गर्नु पऱ्यो। यो भारतको वनडे क्रिकेटको इतिहासमा रनको अन्तरले अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो हार हो। यसअघि भारतले २९ अक्टोबर २०००-मा श्रीलंकाविरुद्ध म्याचमा २४५ रनले हारको सामना गर्नु परेको थियो। आज भारतीय टोली त्यस रेकर्डलाई तोड़नदेखि सामान्यले जोगियो। बे ओवलमा शुक्रवार टस हारेर पहिलो ब्याटिंग गर्दै न्यूजील्याण्ड ५० ओभरमा ३३३ रन बनाएर अलआउट भयो। त्यसपछि ३३४ रनको लक्ष्यलाई अघि राखेर खेल्दै भारत २६.४ ओभरमा केवल ८९ रन बनाएर अलआउट भयो। न्यूजील्याण्डका पेस बलर म्याट हेनरीले विध्वंशी बलिंग गर्दै भारतको ब्याटिंग क्रमलाई तहस-नहस पारे। भारतले पहिलो ओभरमै शीर्ष ३ जना ब्याटरलाई गुमायो। कप्तान श्रेयस अय्यरको साथमा अनुभवी रोहित शर्मा र विराट कोहली खाता नखोली एकपछि अर्को आउट भए। त्यसपछि रुतुराज गायकवाड़ पनि केवल ५ रन बनाएर आउट हुँदा स्कोर ९ रनमा ४ विकेट रहेको थियो। शुरुवाती आघातपछि भारतले म्याचलाई हातबाट उम्कायो। मध्यक्रममा ईशान किशन (२७), अक्षर पटेल (२१) र नमन धीर (२१ रन)-ले सामान्य संघर्ष गरे पनि त्यो टोलीलाई बचाउन पर्याप्त थिएन। हेनरीले ९.४ ओभर बलिंग गरेर केवल २७ रन खर्च गरी ६ विकेट हासिल गरे। यसरी म्याथ्यू फिशरको खातामा ३ विकेट रह्यो। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डको ईनिंग्समा ओपनर विल यंगको शतक मुख्य आकर्षण रह्यो। ईनिंग्सको शुरुमै २ पल्ट जीवनदान पाउने यंगले १०८ बलमा १४ वटा चौका र ४ वटा छक्काको सहायताले १२५ रन बनाए। यसबाहेक उनका ओपनिंग जोड़ीदार टिम साइफर्टले पनि ४८ बलमा ५८ रन बनाए, जसमा ६ वटा चौका र ३ वटा छक्का सामेल छ। फिन एलनले ५ वटा चौका र २ वटा छक्काको सहायताले ३० बलमा ४१ रन बनाए। कप्तान मिचेल सेण्टनरले २४ र क्रिस्टियन क्लार्कले २२ रनको योगदान दिए। यंग र साइफर्टले पहिलो विकेटको निम्ति ७२ बलमा ८५ रनको साझेदारी गरी असल शुुरुवात दिलाएपछि न्यूजील्याण्डका ब्याटरहरूले आक्रामक शैलीमा ब्याटिंग गर्दै तेजीको साथ रन बनाए। भारतीय बलरहरूमा आकिब नबी, गुरनुर बरार र अक्षर पटेलले २-२ विकेट लिए। म्याट हेनरीले प्लेयर अफ द म्याच-को पुरस्कार जिते।

About Author

Advertisement