बेजिंग: नोवाक जोकोविचले आफ्नो असाधारण करियरमा अझ एउटा उपलब्धि जोड़दै १०२औं एकल खिताब आफ्नो नाम गरे। चाइना ओपन टेनिस टुर्नामेण्टअन्तर्गत पुरुष एकलको फाइनलमा अष्ट्रेलियाका एलेक्स डी मिनौर चोटले गर्दा म्याचबाट हट्दा सर्बियाका दिग्गज खेलाड़ीलाई विजेता घोषित गरियो। डी मिनौरले म्याच छोड़दा जोकोविचले पहिलो सेट ७-६ (३)-ले जितिसकेका थिए अनि दोस्रो सेटमा १-०-ले अघि थिए। ३९ वर्षीय जोकोविचले यस जीतको साथै लगातार २१औं साल कम्तीमा एउटा एकल खिताब जित्ने क्रमलाई जारी राखे। पुरुष एकल इतिहासमा उनीभन्दा अधिक एकल खिताब केवल जिमी कोनर्स (१०९) र रोजर फेडरर (१०३)-ले जितेका छन्। जोकोविचविरुद्ध फाइनलमा डी मिनौरले पहिलो सेटमा कड़ा चुनौती पेश गरे तर टाईब्रेकरमा सर्बियाई दिग्गजले ७-३-ले जीत हासिल गरे। दोस्रो सेटमा पनि जोकोविचले १-०-को बढ़त हासिल गरे। त्यस समय अष्ट्रेलियाई खेलाड़ीले देब्रे खुट्टाको चोटले गर्दा म्याचबाट हटने फसेला गरे। यो जोकोविचको यस साल केवल दोस्रो फाइनल थियो। यसअघि उनी सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका थिए, जहाँ उनले स्पेनका स्टार खेलाड़ी कार्लोस अल्काराजविरुद्ध हारको सामना गर्नु परेको थियो। चाइना ओपनमा एकपल्ट फेरि जोकोविचको वर्चस्व देख्न पाइयो। फाइनलसम्मको गोरेटोमा उनले विश्वका नम्बर २ खेलाड़ी जर्मनीका अलेक्जेण्डर ज्वेरेवलाई पनि पराजित गरे। यसरी सेमिफाइनलमा उनको सामना तेस्रो वरीयता प्राप्त रुसका अनुभवी खेलाड़ी दानिल मेदवेदेवसँग भएको थियो। त्यस म्याचमा पनि जोकोविच म्याचको निम्ति सर्विस गरिरहेका थिए अनि मेदवेदेव म्याच छोड़न वाध्य भएका थिए। उनले हिर्काएको बलले ग्यालरीमा एकजना दर्शकलाई लाग्दा मेदवेदेवलाई अयोग्य घोषित गरिएको थियो। यसपाली फाइनलमा जीतको साथ जोकोविचको चाइना ओपनमा जीतको क्रम ३४ वटा म्याचसम्म पुगेको छ। उनले यस टुर्नामेण्टमा सातपल्ट खिताब जितिसकेका छन्।





