नोरा फतेहीलाई निर्देशकले राति घरमा बोलाएर नराम्रो बोलेका थिए

Nora-Fatehi

मुम्बई: नोरा फतेहीले ‘दिलबर–दिलबर’ र साकी–साकी जस्ता गीतमा आइटम डान्स गरेर बलिउड हल्लाइन्। छोटो समयमै नायिकाले धेरै नाम र पैसा कमाएकी छिन्। आज नोरा फतेहीले उद्योगमा उधुम मच्चाइरहेकी छिन्। एक अन्तर्वार्तामा नोरा फतेहीले बलिउडको उचाइमा पुग्न विभिन्न तरिकामा संघर्ष गर्नुपरेको बताइन्। नोरालाई घरमा बोलाएर निर्देशकले उनीमाथि दुर्व्यवहार गरेका थिए। एक अन्तर्वार्तामा नोराले संघर्षका दिनमा कास्टिङ डाइरेक्टरले आफूसँग दुर्व्यवहार गरेको बताएकी थिइन्। नोराले भनेअनुसार त्यति बेला करियरको शुरुआतमा अडिसन दिएकी थिइन्। यसै क्रममा एक कास्टिङ डाइरेक्टरले उनलाई आफ्नो घरमा अडिसनका लागि बोलाएका थिए तर अडिसनको क्रममा निर्देशकले उनसित नराम्रो बोलेका थिए।

एक अन्तर्वार्ताका क्रममा नोरा फतेहीले यस विषयमा सेयर गर्दै भनिन्, ‘उनले मलाई आफ्नो झोला प्याक गरेर भारत छोड्न लगभग तयार भएजस्तो महसुस गराएका थिए। उनले मलाई भने यहाँ तिमीजस्ता धेरै मानिसहरू छन्। हाम्रो उद्योग तिमीजस्ता मानिसहरूबाट दिक्क भएको छ। उनले मलाई कराइरहेका थिए। तिमी प्रतिभाविहीन छौ, हामी तिमीलाई यो उद्योगमा चाहँदैनौं भनेर कराएका थिए।

About Author

Advertisement