नोकरी दिने नाममा ठगी गरेको आरोपमा एक महिला पक्राउ

IMG-20250106-WA0270-copy

सिलगढी/दार्जीलिङ: रोजगारी दिने नाममा लाखौं रुपियाँ  ठगी गरेको आरोपमा विजयता मुखिया (४५) वर्षलाई पक्राउ गरिएको छ। उनी दार्जीलिङको जोरबंगलो बासिन्दा रहेको बताइएको छ। गत वर्ष २५ फरवरीमा अनिल लामा नामका व्यक्तिले विजयता मुखियाविरुद्ध प्रधाननगर पुलिस चौकीमा लाखौं रुपियाँ ठगीको उजुरी दिएका थिए। विजया मुखियाले उक्त व्यक्तिबाट १२ लाख ७० हजार रुपियाँ लिएको आरोप छ। तर उनले कुनै काम पाएनन्। त्यसपछि उनले पैसा फिर्ता मागेपछि आरोपी महिला फरार भइन्। उनी मतिगढा पुलिस चौकी इलाकाको कन्सल्टेन्सीमा काम गर्थिन्। पुलिस चौकीमा उजुरी परेपछि उनी फरार भएकी थिइन्। विगत दुई वर्षदेखि पुलिसले उनको खोजी गरिरहेको थियो। अन्ततः गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा प्रधाननगर पुलिस थानाले विजयता मुखियालाई हिजो दार्जीलिङबाट पक्राउ गरेको छ। उनलाई हिजो राति सिलगढी ल्याइयो। पक्राउ परेका महिलालाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement