नेवा समुदायको पवित्र इन्द्रयात्रा जोरथाङबाट शुरु

IMG-20240826-WA0339

गान्तोक: नेवा समुदायको पवित्र पर्वको रुपमा मान्यताप्राप्त इन्द्रजात्रा पर्व २०२४ आज दक्षिण सिक्किमको जोरथाङबाट शुरु भयो। परम्परागत नेवार लोकनृत्य तथा धिमे प्रतियोगितासितै शुरु भएको कार्यक्रममा सांस्कृतिक विस्तारलाई उच्च प्रमुखता दिएको थियो। समुदायका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थितिमा शुरु भएको उद्घाटन कार्यक्रममा नेवार समुदायको परम्परा र सांस्कृतिक कार्यक्रमहरू उत्साहका साथ प्रदर्शनी गरिएको थियो। कार्यक्रममा राज मोहन प्रधान मुख्य अतिथिका रुपमा उपस्थित थिए। यसरी नै विशिष्ट अतिथिका रुपमा गोपाल श्रेष्ठ, एमके प्रधान, महेन्द्र प्रधान र सुशन प्रधान उपस्थित थिए। यसलगायत राज्यका विभिन्न जिल्लाबाट नेवा गुठीका प्रतिनिधिहरु उपस्थित थिए। लोकनृत्य प्रतियोगितामा २० टोलीले र धिमे प्रतियोगितामा १० टोलीले भाग लिएका थिए। लोकनृत्यका लागि किताम सखाकी रविना प्रधान र सदामकी अञ्जली प्रधान साथै धिमे प्रतियोगिताका लागि मल्लीका सौरभ प्रधान मुख्य निर्णायक थिए। कार्यक्रममा जोरेथाङ सखाका अध्यक्ष सन्तोष प्रधानले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्सबारे प्रकास पारेका थिए। सुशन प्रधानले प्रतियोगिताको विवरण र उद्देश्यबारे जानकारी दिएका थिए। उनले समुदायका युवाहरूमा सांस्कृतिक गौरव जगाउन यसको भूमिकालाई जोड दिएका थिए। त्यसपछि एमके प्रधानले इन्द्रजात्रा २०२४ को महत्वबारे बोल्दै महोत्सवको सफलता सुनिश्चित गर्न सांस्कृतिक कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिकालाई जोड दिए। पहिलो चरणको कार्यक्रम समाप्त भएको छ भने अर्को चरणको प्रतियोगिता पहिलो सेप्टेम्बरमा सिङ्ताममा हुने जानकारी दिएको छ। सेमिफाइनल ८ सेप्टेम्बरमा मनन केन्द्रमा तय गरिएको छ। १६ सेप्टेम्बरको दिन मनान केन्द्रमा इन्द्रजात्रा २०२४ कार्यक्रमको ग्रान्ड फिनालेसँगै समापन हुने जानकारी गराएको छ।

About Author

Advertisement