नेपाली भाषालाई पनि वैकल्पिक भाषाको रुपमा समावेश गरेकोमा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिद्वारा धन्यवाद प्रकट

IMG-20250621-WA0033

खरसाङ: पश्चिम बंगाल सरकारद्वारा डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषालाई पनि वैकल्पिक भाषाको रुपमा समावेश गरेकोमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिद्वारा धन्यवाद दिएका छन्‌। अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिले शनिवार खरसाङमा पत्रकार सम्मेलन गरेर पश्चिम बंगाल सरकारद्वारा डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषालाई पनि वैकल्पिक भाषाको रुपमा समावेश गरेको जानकारी एउटा नोटिफिकेसन जारी गरेकोमा धन्यवाद दिएका छन्‌। विद्यार्थी महासंघले नेपाली भाषालाई समावेश गराउन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले पहल गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेर साथै व्यक्तिगत रुपमा भेट गरेर पनि डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषालाई समावेश गराउन अनुरोध गरेकोले यो सम्भव भएको जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको तर्फबाट शुभंकर प्रसाद, सुभम प्रधान, हिमाल खवास, सत्यम थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको तर्फबाट सुभम प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले यस कार्यको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, पश्चिम बंगालको डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषालाई वैकल्पित भाषाको रुपमा समावेश नभएकोले पहाडवासी चिन्तित भएको बेला जीटीए प्रमुख अनित थापाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेर साथै व्यक्तिगत रुपमा भेट गरेर पनि डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषालाई समावेश गरिदिने अनुरोध गरेको‌ कारणले‌ यो सम्भव भएको छ।‌ यसरी नेपाली भाषालाई पनि वैकल्पिक भाषाको रुपमा समावेश गरेकोमा हामी जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिँदैछौँ। यसको साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि धन्यवाद दिँदैछौँ।’

About Author

Advertisement