नेपालका लागि सिक्किमबाट राहत पहल
मुख्यमन्त्री पी.एस. गोलेले मानवीय सहायता टोलीलाई देखाए हरियो झण्डा
गान्तोक: नेपालमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित मानिसहरूको सहयोगका लागि सिक्किमले मानवीय सहायता अघि बढाएको छ। सोमबार गान्तोकको रिज पार्कबाट मुख्यमन्त्री प्रेमसिंह तामाङ (पी.एस. गोले) ले सिक्किम–नेपाल बाढी राहत अभियानअन्तर्गत पहिलो मानवीय सहायता टोलीलाई हरियो झण्डा देखाएर नेपालतर्फ रवाना गरे।
राहत टोलीले औषधि, खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्री बोकेर नेपालका विपद् प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो। यस अभियानको उद्देश्य संकटको घडीमा प्रभावित परिवारसम्म आवश्यक सहायता पुर्याउनुका साथै राहत तथा उद्धार प्रयासमा सहयोग गर्नु रहेको छ।

सिक्किमको यस पहललाई नेपालका बाढी तथा पहिरो प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता र मानवीय सहयोगको उदाहरणका रूपमा हेरिएको छ।





