नेताजी जयन्तीको अवसरमा म्याराथन दौड

जलपाइगढी: नेताजी जयन्तीको अवसरमा २३ जनवरीमा ९ किलोमिटर म्याराथन दौड आयोजित गरिएको थियो। यसका अलावा राजगञ्ज प्रधान जिल्ला प्रमोद संघ क्लब र जलपाइगढी जिल्लाको पुस्तकालयद्वारा ३० जनवरी र १ फरवरी रक्तदान शिविर र दिन–रात भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। आयोजकले फटापुकुरदेखि राजगञ्ज प्रधान पद प्रमोद संघ क्लबसम्म करिब ९ किलोमिटर म्याराथन दौड आयोजना गरेको थियो। माघ ३० गते रक्तदान शिविर हुने भएको छ। यसका साथै १ भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। राजगञ्जका विधायक खगेश्वर राईले यो जानकारी दिए।

About Author

Advertisement