नेट्समा बलिंग अभ्यास शुरु गरे जसप्रीत बुमराहले

IMG-20230628-WA0164.jpg

२८ जूनः जसप्रीत बुमराह कहिले टीम इण्डियामा फर्किनेछन् भन्ने विषयमा भारतीय प्रशंसकहरूका लामो समयदेखि नजर रहेको छ। चोटमुक्त भएका बुमराह अहिले बेंगलुरु स्थित नेशनक क्रिकेट एकाडमी (एनसीए)-मा रहेका छन्। अहिले रिह्याबमा उनले हरेक दिन ७ ओभर बलिंग गरिरहेका छन्। मंगलवार आईसीसी वनडे वर्ल्ड कपको शेड्यूल जारी गरियो। यसैकारण प्रशंसकहरूलाई बुमराहले चाँड़ै फर्म हासिल गर्ने आशा रहेको छ। बुमराहले भारतीय टीमको जर्सी लगाएर अन्तिमपल्ट सेप्टेम्बर २०२२-मा अष्ट्रेलिया विरुद्ध टी२० म्याच खेलेका थिए। टीम इण्डियाका पूर्व स्ट्रेन्थ एण्ड कण्डीशनिंग कोच रामजी श्रीनिवासनले बुमराहलाई सतर्कताको साथ टीममा ल्याउने बताएका छन्। उनले भने, बुमराहलाई भारतीय टीममा ल्याउने हतार गर्नु हुँदैन। एनसीए-मा अभ्यास म्याच खेल्नु असल कदम हो कारण यसले उनको शरीरले म्याचको माग अनुसार तयारी गर्ने मौका पाउनेछ तर शीर्ष स्तरको क्रिकेट खेल्न अघि उनले केही समयको निम्ति वास्तवित (घरेलु) म्याचहरू खेल्नु असल हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेटको माग अलग हुन्छ अनि त्यस कार्यभारलाई सम्हाल्नको निम्ति शरीर तयार हुनु पनि जरूरी छ। स्ट्रेस फ्र्याक्चरबाट मुक्त हुनु सजिलो हुँदैन। यसैकारण उनलाई रिकभरीको निम्ति पर्याप्त समय दिनु पर्नेछ। उनको चोटमुक्त हुने प्रक्रिया असल रहेको छ अनि अहिले नेट्समा सात ओभर बलिंग गरिरहेका छन्। शुरुवाती चरणमा हल्का वर्कआउट अनि बलिंग सत्रको साथ उनको कार्यभारमा लगातार वृद्धि भइरहेको छ। यसैकारण बुमराह एशिया कपमा फर्किनेछन् या आयरल्याण्ड विरुद्ध टी२० सीरीजमा भन्ने चाहिँ अहिलेसम्म स्पष्ट भएको छैन। यसरी केएल राहुल र श्रेयस अय्यर पनि एनसीए-मा स्वास्थ्यलाभ गरिरहेका छन्। यी दुईको स्थितिमा तेजीको साथ सुधार भइरहेको छ। बुमराह झैं यी दुई पनि टीममा फर्किने विषयमा अहिले कुनै समयसीमा निर्धारित भएको छैन।

About Author

Advertisement