सोनादा: खरसाङ विधानसभा समष्टिका लागि स्वतन्त्र उम्मेद्वार शुमेन्द्र तामाङले आज आफ्नो चुनाव प्रचार प्रसारको क्रममा सोनादाको चुनावी भ्रमण गरेका छन्। उनले आफ्नोे चुनाव प्रचारको क्रममा सोनादा क्षेत्रमा पुगेर स्थानीय मानिसहरुलाई भेट्दै चुनाव प्रचार गरेका छन्। निर्दलीय उम्मेद्वार सुमेन्द्र तामाङको पक्षमा पोष्टरिङ गर्नुको साथै स्ट्रिट कर्नर गरेर चुनाव प्रचार गरेका छन्। यसको साथै निर्दलीय उम्मेद्वार सुमेन्द्र तामाङले सोनादा साथै यसको संलग्न विभिन्न स्थानहरुमा पुगेर आफ्नो पक्षमा चुनाव प्रचार गरेका छन्। उनले सोनादा बजार हुँदै यसको संलग्न चियाबारी क्षेत्रहरुमा पनि चुनाव प्रचार गरेका छन्। सोनादा क्षेत्रमा चुनाव प्रचारको क्रममा खरसाङ विधानसभा समष्टिको लागि निर्दलीय उम्मेद्वार सुमेन्द्र तामाङले पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय जनता पार्टीले लामो समयसम्म यहाँ सांसद र विधायक निर्वाचित भएर गए पनि केही नगरेको र अर्कोतिर तृणमूल कांग्रेसले पनि केही नगरेको साथै पहाडमा भाजपा र तृणमूलको गठबन्धन दलकहरुले मात्रै चुनाव लडिरहेको कारणले आफु श्रमजीवी पहलको पक्षबाट निर्दलीय उम्मेद्वारको रूपमा खडा भएको जानकारी गराएका छन्। उनले भने, हामी युवाहरु पनि अबको समयमा परिवर्तनको लागि अघि आएर काम गर्नुपर्छ। परिवर्तन भन्नाले सत्ताको परिवर्तन मात्र नभई सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिक र वैचारिक परिवर्तन रहेको बताएका छन्।

उनले युवाहरु वैचारिक रुपमा अघि आएर जनताको आवाज बन्नुपर्छ। विधानसभामा पुगेर श्रमजीविहरुको आवाज बन्नुपर्छ र सठीक रुपमा श्रमिकहरुको आवाज बन्नुपर्छ।’










