निराशाजनक हारको साथ कोपा देल रे-बाट बिदा लियो रियल म्याड्रिडले

IMG-20260115-WA0066

नयाँ दिल्ली: रियल म्याड्रिडले निराशाजनक हारको साथ कोपा देल रे (स्पेनिश कप)-बाट बिदा लियो। बुधवार अबेर राति खेलिएको म्याचमा रियल म्याड्रिडलाई दोस्रो टियरको टीम अलबासेटेले ३-२-ले पराजित गऱ्यो। जावी अलोन्सोलाई प्रशिक्षक पदबाट बर्खास्त गरेपछि आफ्नो पहिलो म्याच खेलिरहेको रियल म्याड्रिडको प्रदर्शन म्याचमा निराशाजनक रह्यो। सब्स्टीट्यूड खेलाड़ी जेफ्ते बेटांकोरले २ गोलको साथ रियल म्याड्रिडको चुनौतीलाई माटोमा मिलाए। यस हारको साथ रियलले प्री-क्वार्टर फाइनलमै टुर्नामेण्टबाट बिदा लियो। यसरी नवनियुक्त प्रशिक्षक अल्वारो अर्बेलोआको टीमसँग पदार्पण यादगार रहेन। कार्लोस बेलमोण्टे स्टेडियममा १७ हजार दर्शकहरूका उपस्थितिबीच रियल म्याड्रिडले सक्दो प्रयास गरे पनि जीत हासिल गर्न सकेन। म्याचमा जावी भिलारले ४२औं मिनटमा अलबासेटेलाई बढ़त दिलाए तर मध्यान्तर अघि नै इञ्ज्युरी टाइमको तेस्रो मिनटमा फ्रांको मासटानटुओनोले गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि सब्स्टीट्यूड खेलाड़ी बेटांकोरले ८२औं र इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरी अलबासेटेलाई यादगार जीत दिलाए। रियल म्याड्रिडको निम्ति म्याचको दोस्रो गोल गोञ्जालो गार्सियाले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गरे। रियल हारे पनि रियल बेटिस र अलावेसले चाहिँ टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनायो। रियल बेटिसले एल्चेविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको निम्ति दुवै गोल एजेक्वेल अलिवाले गरे। यसरी अलावेसले रायो भाल्लेकानोविरुद्ध २-०-ले जीत हासिल गऱ्यो।

About Author

Advertisement