निरपानी कोलाबारी जुनियार हाई स्कूलमा कम्प्युटर शिक्षा शुरु

पानीघट्टा: निरपानी कोलाबारी जुनियार हाई स्कूलमा आजदेखि विद्यार्थीहरूका लागि कम्प्युटर तालिम शुरू गरिए छl स्कूल संचालन समितिका अध्यक्ष हरि निरौलाका अनुसार विद्यार्थीहरूको निम्ति सर्व शिक्षा अभियानअन्तर्गत प्रदान गरिएको कम्प्युटरमा आजमङ्गलबारदेखि स्कूलका सहशिक्षक प्रदीप झाले कम्प्युटरबारेमा विद्यार्थीहरूलाई शिक्षा दिने कार्य गरे। समयको मागअनुसार वर्तमनमा विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै कम्प्युटरको ज्ञान हुनु जरुरी रहेको स्कूलका प्रधान अध्यापक राजु विश्वकर्मले बताए। स्कूलमा कम्प्युटर शिक्षकको अवश्यकता हुनाले कम्प्युर शिक्षक पनि नियुक्त गरिनु पर्ने बताए। निरपानी कोलाबारी जुनियर हाई स्कूल कक्षा पाँचौदेखि लिएर आठौ कक्षसम्मले सरकारी मान्यता पाइसकेका छन् भने नवौं र दशौँ कक्षलाई पुटुङ हाई स्कूलसँग एफिलेसन् रहेको जानकारी दिएका छन्।

About Author

Advertisement