नियुक्ति भ्रष्टाचार: कालीघाटका काकूले ७० लाख नगदी लिएको थियो

IMG-20230528-WA0320.jpg

कोलकाताः शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका कालीघाटका काकू सुजय कृष्ण भद्रले अवैध रूपमा ७० लाख रूपियाँ नगदी दिएको थियो। काकूले सोधपुछमा यो कुरा पनि स्वीकार गरेको छ। वस्तुतः वेल्थ यूजर्स प्राइवेड लिमिटेड, आर्काइव कन्सलटेन्सी र एसओ कन्सल्टेन्सी नाम गरेका तीन कम्पनीहरू काकूको नियन्त्रणमा छन्। यी कम्पनीहरूका निदेशकहरूले सोधपुछमा सबै फसेला काकूले गर्ने गरेको औं कसकोबाट कति रूपियाँ लिनुछ, किन लिनुछ, कहाँ पठाउनुछ, कसको माध्यमले पठाउनुछ यी सबै काकूले तय गर्नेगरेको बताए।

नियुक्ति भ्रष्टाचारको क्रममा रूपियाँको असूली गरी यस मामिलामा पहिलेदेखि नै पक्रा परेको कुन्तल घोष, शान्तनु जसले रूपियाँ ल्याउने गर्थे, त्यसलाई यही कम्पनीहरूको अकाउन्टको माध्यमले ब्ल्याकदेखि व्हाइट गरिन्थ्यो। कुन्तल घोषको अकाउन्टबाट पाँच लाख रूपियाँ काकूको अकाउन्टमा पठाइएको थियो, जसलाई दुई दिनपछि फर्काइएको थियो। काकूले कुन्तलबाट रूपियाँ किन लिएको थियो, यसबारे पनि सन्तोषजनक जवाफ दिनसकिरहेको छैन। काकूले ७० लाख रूपियाँ नगदी लिएको पनि थाहा लागेको छ।

-हिस

About Author

Advertisement