खरसाङ: नारी शीप विकास संघ एनजीओ खरसाङको आयोजनामा गाँधी जयन्ती साथै सात कन्या देवी मन्दिर सर सफाई गरिएको छ। नारी शीप विकास संघ एनजीओ खरसाङका सदस्याहरुले फाटक डाँडास्थित कार्यालयमा राष्ट्रपिता महात्मा गान्धीको १५७औं जन्म जयन्ती पालन गरेको छ। उक्त कार्यक्रम दिपा छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित नारीहरुले राष्ट्रपिता महात्मा गान्धीको तस्वीरमा धुप दीप प्रज्वलन साथै खदार्पण गरेर श्रध्दाञ्जली अर्पण गरेका छन्। उक्त कार्यक्रम सकेर नारी शीप विकास संघका नारी सदस्याहरुले स्थानीय गाउँले दाजु भाइहरुको सहयोगमा उजेरी बस्तीमा रहेको सात कन्या देवी मन्दिरमा सर सफाई कार्यक्रम आयोजना गरेका छन्।

स्वच्छ भारत अभियान र स्वच्छता ही सेवा कार्यक्रम अन्तर्गत नारी शीप विकास संघका नारी सदस्याहरुले सात कन्या देवी मन्दिरको सर सफाई कार्यक्रम सम्पन्न गरेको नारी शीप विकास संघकी सदस्या निता प्रधानले जानकारी गराएकी छन्।





