नारी शक्तिको खरसाङ गिध्द पहाड़ जोनल कमिटी गठन

IMG-20220917-WA0164.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्ति २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको जोनल कमिटी गठन गर्न हेतु समष्टी स्तरीय सभा सम्पन्न भएको छ। समष्टीको सचिव सपना लामा छेत्रीले सञ्चालन गरेको सभामा सविता थापाले गरेका थिए। सभामा नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधान रवसमष्टीको सांगठनिक सचिव मोना स्याङदेन खान पनि विशेष रूपमा उपस्थित रहेका थिए। सभामा गिध्द पहाड़ खण्डको सबै शाखाहरूको नारी शक्तिको प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधानले आफ्नो वक्तव्यमा कुनै पनि कमिटी गठन गर्दा शाखा स्तरदेखि नै सर सल्लाह गरेर आम जनताले चुनेको व्यक्तिलाई नै महत्व दिनुपर्छ भनी बताइन्। त्यसरी नै सभालाई नारी शक्ति खरसाङ महकुमा समितिको सचिव मैया ठकुरीले पनि सम्बोधन गरेका थिए। यसै सभामा सर्व सहमतिद्वारा नारी शक्तिको खरसाङ गिध्द पहाड़ समष्टिको जोनल कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति ज्योती छेत्री, उप सभापतिमा सम्झना छेत्री, सविता तामाङ र झुमा राई, सचिव रिना छेत्री, सह सचिवमा सुजता सेवा, विन्ध्या ब्लोन, समिता राई, सांगठनिक सचिव लिला छेत्री, सल्लाहकारहरूमा पुष्प छेत्री, मिङ्कमा तामाङ, शिला राई, प्रमिला लकान्द्री, पूर्णिमा छेत्री, नमिता प्रधान, रेखा मंग्राती, प्रतिका लामा, प्रचार प्रसारमा सुचित्रा तामाङ र मनिका छेत्री, कोषाध्यक्षामा मञ्जु छेत्री र मनिका छेत्री लगायत ५० जनाको कार्यकारिणी सदस्याहरू चयन गरिएको छ भनी नारी शक्ति खरसाङ गिध्द पहाड़ जोनल कमिटीको सचिव रिना छेत्रीले जानकारी गराएका छन्।

About Author

Advertisement