नाम्ची र गेजिङमा दुई महिलाले गरे आत्महत्या

500x300_1303567-suicide.webp

गान्तोक: नाम्चीस्थित धम्बु डाँडा निवासी एक महिलाले आत्महत्या गरेको थाह लागेको छ। पुलिस सुत्रले जानकारी गराए अनुसार पासाङ शेर्पाको घरमा किरायाको कोठामा बस्दै आएकी रिना छेत्री नामक एक महिलाले आत्महत्या गरेकी हुन्। मृतकको मूल घर नेपालस्थित झापा जिल्ला रहेको तर केही वर्षदेखि उनी नाम्चीमा बसोबासो गर्दै आइरहेकी थिइन्। पुलिसले थप जानकारी गराए अनुसार मृतक केही दिनदेखि तनावग्रस्त रेहकी थिए। उनको आँखाको समस्याको कारण उनी तनावमा रहेकी थिइन्। सोही प्रकारले गेजिङ निवासी एक महिलाले पनि आत्महत्या गरेको पुलिसले बताएको छ। पुलिसको भनाइ अनुसार सृजना छेत्रीले आफ्नै घरभित्र आत्महत्या गरेकी हुन्।उनले केवल तारको सहायतामा आत्महत्या गरेको पुलिसको भनाइ रहेको छ। छानबीनको क्रममा मृतक छेत्री पनि केही दिनदेखि तनावग्रस्त रहेको थिइन्। तनावको कारण आत्महत्या गरेको हुन सक्ने पुलिसले अनुमान लगाएको छ। मृतकको शव पोस्टमार्टम गरेपछि परिवारलाई सुम्पिन्दै पुलिसले दुवै घटनाविरूद्ध सीआरपीसी १७४ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

Advertisement