नाम्चीः नाम्ची जिल्ला प्रशासनिक केन्द्रको सहयोगमा ब्रदर्श अन ह्वील मोटरसाइकल क्लबको आयोजनमा “पर्यावरणको निम्ति दौड़’’ थिममा टेण्डोङ रनको पहिलो संस्करण सम्पन्न भयो।
दौड़ यहाँको आईएचसीएईदेखि टेण्डोङ डाँड़ासम्म गरिएको थियो। यो दौड़ दुई साहसिक कम्पोनेन्टबाट बनेको थियो जसमा दामथाङ बजारदेखि टेण्डोङ डाँड़ासम्म ५ किमी सड़क स्तरको दौड र ३ किमी उकालो दौड़ रहेको थियो।

यस दौडमा विभिन्न स्थानबाट १५० भन्दा बढ़ी सहभागी रहेका थिए। उनीहरूले टेण्डोङ डाँड़ामा गुराँसको विरुवा पनि रोपे। महिला वर्गमा क्रमैले चन्द्रकला शर्मा पहिलो, फूर्बा तामाङ दोस्रो अनि राखी राई तेस्रो भइन्। यसरी नै पुरुष वर्गमा क्रमैले विकास भुजेल पहिलो, मोहित सुब्बा दोस्रो अनि कृष्ण कैलाश राई तेस्रो भए।










