सिलगढी: सिलगढीमा एक नाबालिग छात्राको हत्यापछि आक्रोशित इलाकाका मानिसहरूले आरोपीको घरमा तोडफोड गरेका छन्। घटनाले क्षेत्रमा ठूलो तनाव उत्पन्न भएको छ। मंगलबारदेखि नै उक्त क्षेत्रमा तनाव फैलिएको छ। सबैभन्दा पहिले आरोपी मोहम्मद अब्बासको लेनिन कालोनी पाल्पाडास्थित घरमा मध्यरातमा हमला भएको थियो । त्यसबेला अभियुक्तका परिवारलाई कुटपिट गर्नुका साथै घरमा पनि तोडफोड भएको थियो ।

बुधबार बिहान अर्को हमला भएको बताइएको छ। यसबाहेक आरोपीका छिमेकीलाई पनि कुटपिट गरेको आरोप लागेको छ। खबर पाएलगत्तै ठूलो संख्यामा पुलिस घटनास्थल पुगेको थियो । उक्त क्षेत्रमा तनाव बढेपछि पुलिस तैनाथ गरिएको छ । छिमेकी रजिया खातुनले भनिन्, ‘मध्यरातमा १०–१२ जना आएर घरमा रहेका सबैलाई कुटपिट र तोडफोड गर्न थाले, हामी छिमेकी हौँ, घटनामा कुनै पनि हालतमा संलग्न छैनौँ, हामीलाई पनि कुटपिट गरेको छ। घर” तोडफोड गरियो।










