नाबालिग बालिकामाथि यौन दुर्व्यवहार

IMG-20240717-WA0003

गान्तोक: पाकिम पुलिसले एक १० वर्षीय नाबालिग बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। २७ वर्षीय आरोपी व्यक्ति पेशाले लटरी बिक्रेता रहेको बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, गत २ दिसम्बरका दिन सॉंझ लगभग पॉंच बजी पाकिम बजारका एक लटरी बिक्रेताले १० वर्षीय नाबालिग बालिकामाथि यौन दुर्व्यवहार गरे। उक्त व्यक्तिले नाबालिगको संवेदनशील अङ्गमा हातपात गरेको आरोप छ।
आरोपी व्यक्ति विरुद्ध पोक्सो अधिनियम, २०१२ अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर केरकार गरिरहेको बताइएको छ।

About Author

Advertisement