नाबालिग प्रेमिकाको अश्लील तस्बिर सामाजिक सञ्जालमा भाइरल गर्ने प्रेमी पक्राउ

IMG-20240717-WA0001

सिलगढी: आफ्नी नाबालिग प्रेमिकाको अश्लिल तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाउने प्रेमीलाई महिला पुलिसले पक्राउ गरेको छ। आरोपीको नाम रूपम गोरैत (२०) हो। उनी नक्सलबारीका बासिन्दा हुन्।
स्रोतबाट प्राप्त जानकारी अनुसार आरोपी रुपम गोरैतको एक नाबालिगसँग प्रेम सम्बन्ध थियो। त्यसपछि आरोपी युवकले आफ्नी प्रेमिकासँग पटकपटक शारीरिक सम्बन्ध राखेका थिए। यस क्रममा उनले आफ्नी प्रेमिकाका धेरै अश्लील तस्बिरहरू मोबाइलमा कैद गरे। पछि नाबालिगको अश्लील तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो।
घटनाबारे बालिकाकी आमालाई थाहा भएपछि उनले महिला पुलिस थानामा लिखित उजुरी दिएकी थिइन्। उजुरीका आधारमा अनुसन्धान गर्दै महिला थाना पुलिसले सामाजिक सञ्जालमा अश्लिल तस्बिर भाइरल गरेको आरोपमा नक्सालबारीबाट रुपम गोरैतलाई हिजो पक्राउ गरेको थियो। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।

About Author

Advertisement