नाबालिगसित सामूहिक दुष्कर्म, चार पक्राउ

IMG-20231029-WA0157.jpg

सिलगढ़ीः सिलगढ़ी महकुमाको खोरीबाड़ी थाना पुलिसले चतुर्थीको रातमा एक नाबालिग केटीसित सामूहिक दुष्कर्म गरेको आरोपमा चार युवकलाई शनिवार राति पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम सितम खालको, रबेल रोय, आयुष मुण्डा र जीतभान बेग बताइएको छ। सबै आरोपित खोरीबाड़ीको पहाड़गुमिया क्षेत्र निवासी बताइएको छ।

पुलिस सूत्रहरू अनुसार, १८ अक्टोबर अर्थात् चुतर्थीको रातमा चार युवकले एक नाबालिग केटीलाई बोलाएर त्यससित सामूहिक दुष्कर्म गरेका थिए। घटनापछि थानामा चारै विरूद्ध शिकायत दर्ता गराइएको थियो। शिकायतको आधारमा खोरीबाड़ी थाना पुलिसले चारै युवकलाई पक्राउ गरेको छ। चारै विरूद्ध अघिको कारबाही शुरू गरिएको छ।

About Author

Advertisement