गान्तोक: सिक्किमलाई ड्रग्समुक्त बनाउने उद्देश्य लिएर सिक्किम पुलिसले गत केही महिनादेखि नै अभियान चलाइरहेको छ। तर पनि ड्रग्सको धन्दामा कमी भने आउन सकेको छैन्। पुलिसले ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई प्रतिदिन जसो नै पक्राउ गर्दै आइरहेको छ। यसै क्रममा रम्फू पुलिसले ड्रग्स सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी चालक समिर रोय र ममता देवीकोरूपमा नाममा चिन्हित गरेको छ। आरोपी रोयलाई लोवर बजारबाट पक्राउ गरिएको हो। आरोपी पेशाले चालक हुन् भने उनले डब्ल्यूबी-७३-एफ-८३७५ नम्बर भएको वाहन चलाउँदै आइरहेका थिए। यस वाहनमा आरोपीले सब्जीसँगै नशालु पदार्थ पनि लिएर आएका थिए। पुलिसले जानकारी गराए अनुसार केरकारको क्रममा वाहनमा व्याइएको सब्जी लोवर बजार निवासी ममता देवीको रहेको बताए। ममता देवीले नै सब्जीसँगै नशालु पदार्थ पनि बीचमा राखेर ल्याएको उनले पुलिससमक्ष वयान दिए। आरोपी चालकको वयान अनुसाल ममता देवीलाई पनि पुलिसले पक्राउ गरेको छ। वाहनबाट पुलिसले ८० बोतल सिरफ फेला पारेपछि आरोपीविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।









