नशालुपदार्थसितै एकजना पक्राउ

IMG-20250817-WA0121

गान्तोक: सोरेङ जिल्लाको नयाँ बजार पुलिसले नशालुपदार्थ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी नयाँ बजार निवासी पासाङ भोटियाकोरूपमा चिन्हित गरेको छ। पुलिसले जानकारी गराएअनुसार आरोपी भोटियालाई नयाँ बजारको फरेस्ट बङगलो नजिकबाट जाँचको क्रममा पक्राउ गरेको हो। घटनाअनुसार आरोपी भोटिया एसके ०४-००१५ ट्याक्सीमा आउने क्रममा शंकाको आधारमा जाँच गर्दा उनीबाट भारी मात्रामा नशालुपदार्थ फेला पारेपछि पक्राउ गरेको हो। जाँचको क्रममा पुलिसले आरोपी भोटियाबाट १४४ वटा विन्डलास विन्सपास्मो फोर्ट क्याप्सुल लगायत नगद ४,६०० रूपियाँ जफ्त गरेको छ। पुलिसले आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ र सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। पुलिसले थप जानकारी गराएअनुसार आरोपी भोटिया नशालुपदार्थको धन्दा गर्दै आइरहेको र उनी केही दिनदेखि पुलिसको निगरानीमा थिए। उल्लेखनीय छ, गत जून महिनामा मनन केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले नशालु पदार्थको धन्दामा संलग्न आरोपीहरूलाई कुनै अवस्थामा पनि नछोडने निर्देश दिएका थिए। सिक्किमलाई नशामुक्त बनाउन पुलिसको अहम भूमिका हुने गरेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताएका थिए। मुख्यमन्त्रीले पुलिसले यस प्रकारको धन्दा गर्ने कुनै पनि व्यक्तिलाई आफन्तको रुपमा छोडने गरेको घटनालाई उजगार गर्दै अबोप्रान्त कसैलाई पनि नछोडने कडा निर्देश दिएपछि पुलिसले इमान्दारिता देखाउँदै अभियान तेज गरेको हो।

About Author

Advertisement