नशामुक्त सिक्किम अभियानको तयारीमा सोरेङमा जिल्ला पञ्चायत

IMG-20240903-WA0341

सोरेङ: सोरेङकी जिल्ला पञ्चायत अध्यक्ष तिलादेवी गुरुङको अध्यक्षतामा सोरेङ जिल्ला अन्तर्गत जिल्ला पञ्चायत सदस्य र विभिन्न ग्राम पञ्चायतका सभापतिहरुबीच समन्वय सभा सम्पन्न भयो। सोरेङस्थित जिल्ला पञ्चायत कार्यालय आयोजित समन्वय सभामा नशा मुक्त सोरेङ जिल्ला बनाउने विषयमाथि स्थानीय जनप्रतिनिधिहरुले भावी कार्यक्रम र रणनीति तय तयार पारेका छन्।
मुख्यमन्त्री पीएस गोलेको नशा मुक्त सिक्किमको परिकल्पनालाई जमीनी स्तरमा उतार्न अनि सोरेङ जिल्लालाई नशा मुक्त बनाउन जिल्ला तथा ग्राम पञ्चायतहरुको महत्त्वपूर्ण भूमिका रहेको हुँदा यस अभियानलाई सफल बनाउन सामुहिक रूपमा सबैले योगदान पुर्‍याउने जिल्ला पञ्चायत अध्यक्ष गुरुङले सभामा अपिल गरिन्। यसको साथै १२ सेप्टेम्बरदेखि प्रत्येक ग्राम र गाउँमा नशा मुक्त अभियानमाथि सचेतना र जागरुकता फैलाउन नारासहित व्यापक चर्चा परिचर्चा आरम्भ गरिनुपर्ने अध्यक्ष गुरुङले सभामा आफ्नो अभिव्यक्ति प्रकट गरिन्। सभामा स्थानीय जनप्रतिनिधिहरुले नशा मुक्त जिल्ला अभियानलाई सफल बनाउन यस अभियानलाई प्रभावकारी ढङ्गमा जनजनसम्म पुर्‍याउन गरिनुपर्ने विषयमाथि आ-आफ्नो राय राखेका थिए।

About Author

Advertisement