नशामुक्त सिक्किम अभियानअन्तर्गत विद्यार्थीहरूलाई प्रशिक्षण

IMG-20250111-WA0292

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको नशामुक्त एवं मानसिकरूपमा स्वस्थ सिक्किम निर्माणको परिकल्पनालाई थप बल दिने उद्देश्यले विधायक आदित्य गोले र सारथी संगठनका मुख्य स्रोतवक्ता रोहित राज गुरुङको नेतृत्वमा सोरेङ जिल्लाका विद्यार्थीहरूलाई लिएर दोस्रो ब्याचको प्रशिक्षण आजबाट शुरू भयो। यस तीन दवसीय प्रशिक्षण कार्यक्रमको समापन आगामी १३ जनवरीको दिन हुनेछ।
छनौट भएका विद्यालयहरूमा केबी लिम्बू वरिष्ठ माध्यमिक विद्यालय, श्रीबादाम, सरकारी वरिष्ठ माध्यमिक विद्यालय छोटा सामदुङ, डो ग्याछो वरिष्ठ माध्यमिक विद्यालय मंगलबारिया, सरकारी वरिष्ठ माध्यमिक विद्यालय गेलिंङ, सरकारी वरिष्ठ माध्यमिक विद्यालय च्याखुङ, सरकारी वरिष्ठ माध्यमिक विद्यालय, कामलिङ र सरकारी वरिष्ठ माध्यमिक विद्यालय खानिसिरबुङ रहेको छ।

About Author

Advertisement